नियम
बोलपत्रमा खुलाउनु पर्ने कुरा
: पेट्रोलियम कार्य गर्न इच्छुक कम्पनीले नियम ३ बमोजिमको सूचनामा उल्लेखित म्यादभित्र देहायका कुराहरू खुलाइ अनुसूची–१ बमोजिमको ढाँचामा विभागमा सीलबन्दी बोलपत्र दिनु पर्नेछ :
(क) बोलपत्रदाता कम्पनी हो भन्ने प्रमाण ।
(ख) बोलपत्रदाताको तर्फबाट काम कारवाही गर्ने अधिकृत व्यक्तिको नाम र ठेगाना ।
(ग) बोलपत्रदातासँग पेट्रोलियम कार्यको लागि आवश्यक पूँजी, यन्त्र, उपकरण, औजारहरू तथा विशेषज्ञहरूको व्यवस्था गर्न सक्ने क्षमता छ भन्ने प्रमाण ।
(घ) अन्वेषण कार्य गर्ने तरीका तथा समय तालिका ।
(ङ) अन्वेषण अवधि (थपिने दुई अवधि समेत) को न्यूनतम कार्यक्रम र बजेट ।
(च) एकभन्दा बढी व्यक्ति संयुक्त रूपमा ठेकेदार हुने भए तिनीहरूको आपसी
सम्बन्ध, जिम्मेवारी तथा आ–आफ्नो हिस्साको प्रतिशत ।
(छ) पहिलो करार वर्षको वार्षिक कार्यक्रम तथा बजेट ।